इंग्लिस प्रिमियर लिगः क्रिष्टल प्यालेसमाथि आर्सनलको शानदार जित

इंग्लिस प्रिमियर लिगः क्रिष्टल प्यालेसमाथि आर्सनलको शानदार जित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शानदार जितका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेसमाथि ५–० गोलको एकतर्फी जित निकालेको हो।

आर्सनललाई जिताउन ग्याब्रिएल मार्टिनेलीले २ गोल गर्दा लियोनार्दो ट्रोसान्ड र गेब्रियल मेगहेल्सले एक एक गोल गरे। एक गोल भने उपहार पाएको थियो।

११ औं मिनेटमा गेब्रियल मेगहेल्सले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। ३७ औं मिनेटमा क्रिष्टलका डिन हेन्डरसनले आफ्नै पोस्टमा गोल गरेपछि आर्सनल २–० ले अघि बढेको थियो।

ट्रोसान्डले ५९ औं मिनेटमा टिमका लागि तेस्रो गोल गरेका थिए। अतिरिक्त समयको चौथो र पाँचौं मिनेटमा ग्याब्रिएल मार्टिनेलीले लगातार २ गोल गरेपछि आर्सनल ५–० को फराकिलो जित निकाल्न सफल भयो।

जितपछि आर्सनल ४३ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिन सफल भयो। समान ४३ अंक भएको एस्टन भिल्ला चौथो स्थानमा झरेको छ भने दोस्रो स्थामा रहेको म्यानचेस्टर सिटीको पनि ४३ नै अंक रहेको छ।

लिभरपुल भने ४५ अंकका साथ शीर्ष स्थानमा छ। आर्सनलसँग पराजित भएको क्रिष्टल प्यालेस भने १४ औं स्थानमा छ।

Skip This
Skip This
Logo