झापा गोल्डकपमा महिलालाई सदस्यता शुल्कमा ५० प्रतिशत छुट

झापा गोल्डकपमा महिलालाई सदस्यता शुल्कमा ५० प्रतिशत छुट

केन्द्रबिन्दु
0
Shares

विराटनगर । खेलप्रेमी महिलाहरुलाई लक्षित गर्दै झापा गोल्डकप आयोजक समितिले सदस्यता विस्तारक अभियानलाई अघि बढाएको छ ।

सदस्यता शुल्कमा ५० प्रतिशत छुट गर्दै आयोजक समितिले सदस्य संख्या बढाउने निर्णय गरेको हो । झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतका अनुसार महिलाहरुलाई सदस्य बन्न ११ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

खेलप्रेमी महिला दिदीबहिनीहरुलाई पनि झापा गोल्डकपको सदस्य बनाउने उद्देश्यले शुल्कमा ११ हजार रुपैयाँ मात्रै कायम गरिएको उनले बताए । सदस्यता शुल्क २१ हजार रुपैयाँ छ ।

छैटौँ संस्करणको तयारीमा रहेको झापा गोल्डकपको सदस्य संख्या थप गरेर महिला सहभागितालाई प्राथमिकता दिइएको कोषाध्यक्ष केदार गिरीले जानकारी दिए ।प्रतियोगिताको छैटौँ संस्करण फागुन १९ गतेदेखि २८ गतेसम्म डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुँदैछ ।

यो संस्करणमा कम्तीमा एक सयजना महिला सदस्य संख्या बढाउँदै संस्थालाई थप दर्बिलो बनाउने योजना रहेको अध्यक्ष बस्नेतले बताए । यसअघि सदस्यता लिइसकेका सदस्यहरुको नवीकरण कार्य पनि जारी रहेको गोल्डकपको सचिवालयले जनाएको छ ।

सबै सदस्यहरुलाई समयमै सदस्यता नवीकरण गर्न आग्रह गरिएको सचिवालय प्रमुख एवम महासचिव गजेन्द्र पौडेलले जानकारी दिए ।

Logo