प्रथम ओएसिस महिला फुटबल प्रतियोगिता आजदेखि

प्रथम ओएसिस महिला फुटबल प्रतियोगिता आजदेखि

केन्द्रबिन्दु
12
Shares

विराटनगर। इलाममा प्रथम ओएसिस महिला फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। सदरमुकामस्थित ठूलो टुँडिखेलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) र जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ। अपराह्न १ बजे सुरु हुने उद्घाटन खेलमा आयोजक क्लब ओएसिस र भारत, दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।

आजै हुने दोस्रो खेलमा पाँचथर र इलामको दीपेन्द्र शिखरले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा सप्तरीको नमोबुद्ध, इलामको देउमाई युनाइटेड, झापाको बिर्तामोड युनाइटेड र भारतको पटना सिटीको पनि सहभागिता हुनेछ।

प्रतियोगिताअन्तर्गत फागुन ७ गते फाइनल खेल हुने आयोजकले जनाएको छ। प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले एक लाख रुपैयाँसहित ट्रफी पाउनेछ।

Skip This
Skip This
Logo