विस्फोटक ब्याट्सम्यान कुशल भुर्तेल २८ रन बनाएर आउट

विस्फोटक ब्याट्सम्यान कुशल भुर्तेल २८ रन बनाएर आउट

केन्द्रबिन्दु
42
Shares

विस्फोटक ब्याट्सम्यान कुशल भुर्तेल नेदरल्यान्ड्सविरुद्ध २८ रन बनाएर क्याच आउट भएका छन् । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दिएको १ सय ३८ रनको सामान्य लक्ष्य पक्ष्याउने क्रममा ओपनिङमा आएका कुशल भुर्तेलले ३ चौका र २ छक्काको मद्दतमा २८ रन बनाउँदै नेदरल्यान्ड्सका भिभिएन किग्माको हातबाट क्याच आउट भए ।

टस हारेर पहिले ब्याटिङमा आएको नेदरल्यान्ड्सले ३९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र जोड्न सक्यो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन जोडे । ४९ बलमा १ चौका प्रहार गर्दै संयमित इनिङ खेलेका उनी नवौं विकेटको रुपमा कुशल भुर्तेलको एलबीडब्लु धरापमा परे । कुशलले मध्यक्रम ध्वस्त पार्दै कुल ४ विकेट लिए ।

नेपालको टोलीः रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी

बेन्चः आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ, करण केसी

नेदरल्यान्ड्स टोलीः म्याक्स ओ’डाउड, नोआह क्रोस, शारिज अहमद, आर्यन दत्त, स्कट एडवार्डस ९कप्तान०, माइकल लेभिट, भिभिएन किंग्मा, वेस्ली बरेसी, साइब्रान्ड एंगलब्रेक्ट, बास डे लिड, काइल क्लेन

बेन्चः तेजा निदामनुरु, रोलफ भान डर मर्व, ओलिभर एलेन्बस, विक्रमजित सिंह

Skip This
Skip This
Logo