क्रिकेटर सन्दीपले गराए दोस्रो पटक शल्यक्रिया

क्रिकेटर सन्दीपले गराए दोस्रो पटक शल्यक्रिया

केन्द्रबिन्दु
564
Shares

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले लाइपोमाको शल्यक्रिया गराएका छन्। काठमाडौँको सिल्भरलाइन हस्पिटलमा उनको शल्यक्रिया भएको हो।

हिजाे शल्यक्रिया सकिएको निकट स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार शरीरका विभिन्न अंगमा रहेका ७ वटा गाँठाहरू हटाइएको छ। गत वर्ष सन्दीपले पहिलो पटक लाइपोमाको शल्यक्रिया गराएका थिए।

पहिल्यैदेखि समस्या भोग्दै आए पनि क्रिकेटमा व्यस्तताले गर्दा सन्दीपले शल्यक्रिया गराउन भ्याएका थिएनन्। अदालतको फैसलापछि उनी अहिले क्रिकेटभन्दा बाहिर छन्। जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने सन्दीपको तयारी छ।

Skip This
Skip This
Logo