काठमाडौं । दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग(डिसिएल)अन्तर्गतको खेलमातुलसीपुर रोयल्सले पुरनधारा च्यालेन्जर्सलाई ३२ रनले पराजित गरेको छ।
बुधबार तुलसीपुर रोयल्सले दिएको १०९ रनको लक्ष्य पछ्याएको पुरनधाराले पुरै २० ओभर ब्याटिङ गरेता पनि ७ विकेट गुमाएर ७६ रन मात्र बनाउन सक्यो । पुरन धाराको ब्याटिङमा कृष्ण कार्कीले सर्वाधिक १७ रन योगदान दिए। राजवीर सिंहले १४, कप्तान मोहनखत्रीले १३ तथा राजु रिजालले १२ रन योगदानदिए ।
बलिङतर्फ तुलसीपुर रोयल्सका फास्ट बलर रुपेश सिंहले ३ विकेट लिए, जुन क्रममा उनले ४ ओभरमा मात्र ८ रन खर्चिए । भुवन कार्की, दिवान पुन र विनोदकुमार विकले १/१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको तुलसीपुर रोयल्सले २० ओभरमा ८ विकेट क्षतिमा १०८ रन बनायो । तुलसीपुरको लागि प्लेयर अफ द म्याच समेत घोषित दिवान पुनले सर्वाधिक ३७ रन योगदान दिए, जुन क्रममा ४४ बलमा ४ चौका प्रहार गरे। विराट सिंह भण्डारीले १७ तथा रुपेश सिंहले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ पुरनधाराको लागि सुजलवलीले २ विकेट लिएभने कृष्ण कार्की, हरिस केसी, मोहनखत्री र दीपेन्द्र रावतले १/१ विकेट लिए ।































प्रतिक्रिया