कुशल मल्लको अर्धशतककाे मद्दतमा नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

कुशल मल्लको अर्धशतककाे मद्दतमा नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

केन्द्रबिन्दु
112
Shares

काठमाडौं। कुशल मल्लको अर्धशतक मद्दतमा नेपालले त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएकाे हाे।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे। ७.२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएर दबाबमा परेको नेपाललाई उकास्ने क्रममा कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए। आरिफ ३१ रनमा आउट भए ।

सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन्। त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए।

दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए। यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए। सुरुवातको दुई खेलमा पराजित नेपाललाई फाइनल पुग्ने सम्भावना कायमै राख्न यो खेल जित्नैपर्ने दबाब छ ।

Logo