साफ यू-१६ महिला फुटबलः नेपालले बंगलादेशसँग खेल्दै

साफ यू-१६ महिला फुटबलः नेपालले बंगलादेशसँग खेल्दै

केन्द्रबिन्दु
28
Shares

काठमाडौं। राजाधानीमा शुक्रबारदेखि सुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल खेल्दैछ। च्यासल मैदानमा नेपालले आज दिउँसो ३ बजे पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

शुक्रबार भएको उद्घाटन खेलमा भारतले भुटानमाथि ७-० को जित निकालेको थियो। साफ यू–१६ महिला फुटबलमा नेपाल, भारत, भुटान र बंगलादेशसहित चार टिमले सहभगीता जनाएका छन्। राउन्ड रोविन अनुसार सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन्।

नेपाली टिमः

गोलरक्षकः रुपमा झरना डुम्राकोटी, सुनिता स्याङ्तान र लक्ष्मी ओली।

स्ट्राइकरः पूजा गिरी, अनिता रानामगर, यामकुमारी बिके र पूर्णिमा थारु।

मिडफिल्डरः भूमिका बुढाथोकी, आशिका कार्की, बविता कार्की, आयुषा रौले, डिकीकुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ, रविना बिके र सविना तामाङ।

डिफेन्डरः दीक्षा रायमाझी, रेजिना लामा, मिना चन्द, कृतिषा तामाङ, अंशु बिके, मीनामाया श्रेष्ठ, एलिजा बिके र ग्यान्सु डोल्मा लो।

Logo