आजदेखि झापा गोल्डकपः एपीएफ र संकटा भिड्दै

आजदेखि झापा गोल्डकपः एपीएफ र संकटा भिड्दै

केन्द्रबिन्दु
28
Shares

विराटनगर। झापा गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण आज सुरु हुँदैछ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता दिउँसो सुरु हुनेछ। आज हुने उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र संकटा एफसीले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। यसपटक प्रतियोगितामा ए डिभिजन क्लबसहित १० वटा टिमले सहभागिता जनाउने झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले बताए।

यो वर्ष झापा गोल्डकपको उपाधि विजेता टिमले १३ लाख रुपैयाँसहित ट्रफी पाउनेछ। उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन्। अघिल्लो पटकभन्दा यसपालि पुरस्कार राशि बढाइएको आयोजकले जनाएको छ।

यसअघि पाँचौँ संस्करणमा बिजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पाएका थिए। ‘मस्ट भ्यालुएवल प्लेयर’ लाई मोटरसाइकल प्रदान गरिने छ भने प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ताले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ जनाइएको छ। प्रतियोगितामा एपीएफ, र नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड एफसी, मच्छिन्द्र एफसी, एनआरटी एफसी र संकटा एफसी, बागमती युवा क्लब र एन्फा मकवानपुरको सहभागिता हुनेछ।

Logo