पहिलो ओभरमै नेपालको उत्कृष्ट सुरुवात, करणले लिए दुई विकेट

पहिलो ओभरमै नेपालको उत्कृष्ट सुरुवात, करणले लिए दुई विकेट

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ। कीर्तिपुर क्रिकेट मैदानमा जारी नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाललाई पहिलो ओभरमा नै सफलता मिलेको छ। पहिलो ओभरमा बलिङका लागि आएका करण केसीले दुई विकेट लिँदै नेपाललाई राम्रो सुरुवात दिलाएका हुन् ।

पहिलो ओभरमा ४ रन खर्चेर करणले नेदरल्याण्ड्सका ओपनर मिकेल लेभिटलाई दिपेन्द्रसिंह ऐरीको हातबाट क्याचआउट गराए । चौथो बलमा मिकेललाई आउट गरेका करणले अन्तिम बलमा साइब्राण्ड इंगेलब्रेक्टलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।

यसअघिको खेलमा नेपाललले नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो । यो खेल जितेमा सिरिजको फाइनल प्रवेशका लागि नेपाललाई सहज हुनेछ ।

Skip This
Skip This
Logo