नेपालको अर्को सानदार जित, सिंगापुर २१७ रनले पराजित

नेपालको अर्को सानदार जित, सिंगापुर २१७ रनले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यु १९ एसिया कप छनोट क्रिकेटमा नेपालले सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको छ । नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा १ सय ९ रनमा अलआउट भयो । नेपालका लागि कुशल मल्लले चार विकेट लिए । यस्तै तिलक राज भण्डारीले दुई, सागर ढकाल र रसिद खानले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेल्दै ३ सय २६ रन बनाएको थियो । नेपालका लागि रित गौतमले १३७ बलमा ११५ रन, पवन सर्राफले ४१ बलमा ४५ रन, खडक बहादुर बोहराले ९० बलमा ९० रन तथा कुशल मल्लले २३ बलमा ५१ रन बनाएका थिए ।

बुधबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो । अब नेपालले समूहको शीर्ष स्थानमा रहेन अर्को समूहको उपविजेतासँग सेमीफाइनल खेल्नुपर्नेछ ।

Logo