काठमाडौं,
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा शुक्रबार भएको खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले नौ विकेटले पराजित गरेको छ । हारसँगै श्रीलंका विश्वकपबाट बाहिरिने सम्भावना छ । दक्षिण अफ्रिकाको भने यो दोस्रो जित हो ।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २०३ रन मात्र बनाएको थियो । खराब सुरुवात गरेको श्रीलंकाले पहिलो ओभरको पहिलो बलमै विकेट गुमाएको थियो ।
२०४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले ३७ ओभर दुई बलमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । आज २ खेल हुँदै छन् । अष्ट्रेलियाले न्युजिल्याण्डको सामना गर्दैछ भने पाकिस्तान र अफगानिस्तानवीच पनि खेल हुने तालिका छ ।































प्रतिक्रिया