आईपीएलको पहिलो खेलमा चेन्नईसँग बैंग्लाेर पराजित

आईपीएलको पहिलो खेलमा चेन्नईसँग बैंग्लाेर पराजित

केन्द्रबिन्दु
30
Shares

काठमाडाैँ। इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा साबिक विजेता चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लाेरलाई पराजित गरेको छ। चेन्नईले ६ विकेटको जीत हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

बैंग्लाेरले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य चेन्नईले मात्र ४ विकेटको क्षतिमा ८ बल अगावै पछ्यायो। चेन्नईको जीतमा रचिन रवीन्द्रले सर्वाधिक ३७ रन बनाए। उनले १५ बलमा ३ चौका र ३ छक्का हिर्काए । त्यस्तै अजिंका रहानेले २७ रन तथा डेरल मिचेलले २२ रनको योगदान दिए।

शिवम दुवेले नटआउट रहँदै २८ बलमा ३४ रन तथा रवीन्द्र जडेजाले १७ बलमा २५ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्‍याए। बैंग्लाेरका लागि क्यामरुन ग्रिनले २ तथा यश दयाल र करन शर्माले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लाेरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो। टोलीका लागि अनुज रावतले सर्वाधिक ४८ रन बनाए । उनले मात्र २५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै, दिनेश कार्तिकले २६ बलमा ३८ रन तथा कप्तान फाफ डु प्लेसिसले २३ बलमा ३५ रन हिर्काए। विराट कोहलीले २१ रन तथा ग्रिनले १८ रनको योगदान दिए।

भारतको इनिङ्स ध्वस्त बनाउन मुस्तफिजुर रहमानले ४ ओभरमा २९ रन खर्चेर चार विकेट लिए । उनी प्लेयर अफ द म्याच घोषित भए । त्यस्तै दीपक चाहरले १ विकेट हात पारे ।

Skip This
Skip This
Logo