पञ्जाब किंग्सले हरायाे दिल्लीलाई

पञ्जाब किंग्सले हरायाे दिल्लीलाई

केन्द्रबिन्दु
308
Shares

पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी सुरुआत गरेको छ । शनिबार भएको पहिलो खेलमा पञ्जाबले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको हो।

दिल्लीले दिएको १७५ रनको लक्ष्य पछाएको पञ्जाबले १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। पञ्जावलाई जिताउन साम करनले सर्वाधिक ६३ रन प्रहार गरे । साथै लियाम स्टेफेन लिभिङस्टोनले ३८, प्रभसिमरन सिंहले २६ र कप्तान शिखर धवनले २२ रनको योगदान गरे ।

दिल्लीका बलर कुलदीप यादवले २ विकेट लिए भने खलिल अहमद र इशान्त शर्माको नाममा एकएक विकेट रह्यो ।

यसअघि दिल्ली क्यापिटल्सले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो । कसैले उत्कष्ट ब्याटिङ गनर्ज सकेनन् । शाइ होपले ३३ रन जोड्दा डेभिड वार्नरले २९, मिचेल मर्शले २०, रिषभ पन्तले १८, अक्षर पटेलले २१ र अबिशेक पोरेलले ३२ रन जोडे ।

पञ्जावका लागि हर्षल पटेल र अर्शदीप सिंहले २-२ विकेट लिए भने कागीसो रबाडा, हरप्रित ब्रार र राहुल चहरले एकएक विकेट लिए ।

Logo