मैत्रीपूर्ण खेलमा जर्मनीसँग फ्रान्स २-० ले पराजित

मैत्रीपूर्ण खेलमा जर्मनीसँग फ्रान्स २-० ले पराजित

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जर्मनीले फ्रान्सलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा फ्रान्सलाई पाहुना टोली जर्मनीले २-० गोल अन्तरले पराजित गरेको हो।

जर्मनीका लागि फ्लोरियन विट्जले खेल सुरु भएको पहिलो ८ सेकेन्डमै गोल गर्दै अग्रता दिलाएका थिए। उनले टोनी क्रसको पासमा गोल गर्दै सुरुमै जर्मनीलाई अग्रता दिलाए। उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो।

४९ औं मिनेटमा केइ हार्भाटेजले जमाल मुसेलाको पासमा गोल गर्दै जर्मनीलाई २–० गोलले अघि बढाए। त्यसपछि केलियन एम्बापेको टोलीले कमब्याक गर्न नसक्दा अन्ततः जर्मनी २-० गोल अन्तरले विजयी भयो।

यस्तै, मैत्रीपूर्ण खेलमा ब्राजिलले इंग्ल्याण्डलाई पराजित गरेको छ। इंग्ल्याण्डको बेम्बली रंगशालामा भएको खेलमा ब्राजिलले १–० को जित निकालेको हो। बराबरीतर्फ उन्मुख खेलमा ब्राजिलले ८० औं मिनेटमा गोलको खडेरी तोडेको थियो। ब्राजिलका एन्ड्रिक फिलिपेले गेको एकमात्र गोल नै निर्णायक बन्यो।

अन्य खेलमा अर्जेन्टिाले एल साल्भाडोरलाई ३-० ले पराजित गर्दा पेरुले निकारागुवालाई २-० ले पराजित गरेको थियो। त्यसैगरी जाम्बिया र जिम्बाबेले २-२ गोलेको बराबरी खेल्दा केन्याले मलावीलार्य ४-० ले स्तब्ध बनायो। त्यस्तै, आइभरी कोस्टले बेनिनसँग २-२ गोलको बराबरी खेल्दा आयरल्याण्डले बेल्जियमसँग गोलरहित बराबरी खेल्यो।

अस्ट्रियाले स्लोभाकियालाई २–०ले पराजित गर्दा डेनमार्क र स्वीट्जरल्याण्डले गोलरहित बराबरी खेलेका थिए। ट्युनेसिया र क्रोएशियाले गोलरहित बराबरी खेल्दा रिपब्लिक डोमिनिकनले अरुबालाई २-० गोल अन्तरले पराजित गरेको थियो।

Logo