नेपाल ‘ए’ ले आज आयरल्यान्ड उल्भसविरुद्ध पहिलो खेल खेल्दै

नेपाल ‘ए’ ले आज आयरल्यान्ड उल्भसविरुद्ध पहिलो खेल खेल्दै

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । घरेलु मैदानमा आयोजित ट्वान्टी–२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्यान्ड उल्भसविरुद्ध पहिलो खेल खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

हिजो हुने खेल वर्षाका कारण स्थगित भएपछि आज हुन लागेको हो । उल्भसविरुद्ध नेपाल ‘ए’ विनोद भण्डारीको कप्तानीमा मैदान उत्रिदैछ । यसअघि आयरल्यान्ड उल्भसले रोहितकुमार पौडेलको कप्तानिमा रहेको नेपाली राष्ट्रिय टिमसँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । दुवै खेलमा हार व्यहोरेको आयरल्यान्ड उल्भस आज पहिलो जितको खोजीमा हुनेछ ।

नयाँ तालिकामा क्यानले उल्भससँगको तीन खेलको ट्वान्टी–२० श्रृंखलालाई निरन्तरता दिएको छ । तालिकाअनुसार, नेपाल(Nepal) र उल्भसले आज पहिलो, शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् । ट्वान्टी–२० श्रृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् ।

एकदिवसीय श्रृंखला बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय श्रृंखलाको पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

Logo