पेरुलाई ५ गोलले स्तब्ध बनाउँदै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेरुसँगको जितसँगै ब्राजिल समूह विजेता बन्दै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।
ब्राजिलका लागि १२औं मिनेटमा कासिमिरोले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै १९ औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गरे भने, ३२ औं मिनेटमा एभर्टनले गोल गर्दै ब्राजिललाई पहिलो हाफअघि ३–० को अग्रता दिलाए ।
५३औं मिनेटमा डानी एलभेसले र ९०औं मिनेटमा विलियनले गोल गरेपछि पेरु ५-० गोल अन्तरले पराजित भएको हो । तीन खेल सकिँदा चार अंक बनाएको पेरुको उत्कृष्ट उपविजेता बन्दै नकआउट चरणमा पुग्ने सम्भावना कायमै रहेको छ ।
बेलिभिलाई ३–१ ले हराउँदै भेनेजुयला पनि क्वार्टर फाइनलमा पुगेको छ । बोलिभियालाई हराएपछि भेनेजुयला समूह एको उपविजेता बनेको छ । भेनेजुयलाको जितमा डार्विन माचिसले दुई गोल गरे । उनले २ र ५५ औं मिनेटमा गोल गर्दै भेनेजुयलालाई अग्रता दिलाएका थिए ।
८२औं मिनेटमा जस्टिनियानोले बोलिभियाका लागि गोल गर्दै अग्रता २–१ मा झारे । तर ८६औं मिनेटमा जोसेफ मार्टिनेजले गोल गरेपछि भेनेजोयला विजयी भयो ।





























प्रतिक्रिया