गुजरातमाथि नेपालको सानदार जित, बलिङमा उत्कृष्ट प्रदर्शन

गुजरातमाथि नेपालको सानदार जित, बलिङमा उत्कृष्ट प्रदर्शन

केन्द्रबिन्दु
60
Shares

नेपाली राष्ट्रिय टोलीले त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा भारतको स्टेट टीम गुजरातमाथि सानदार जित हात पारेको छ । आइतबार भएको खेलमा नेपाल ८ विकेटले विजयी भएको हो ।

साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा गुजरातले जितका लागि दिएको ९९ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्न सफल भयो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ रन जोडे । साथै अनिल साहले ३२ रन जोडे । यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल १५ बलमा १७ रन र आशिफ सेख १५ बलमा १६ रन बनाएर आउट भएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरात १८.२ ओभरमा अलआउट हुँदै ९८ रनमा समेटिएको थियो । गुजरातका लागि ओपनर ब्याट्सम्यान रुद्र पटेलले २३ रन बनाउँदा हेमांग पटेलले २० रन, अभिषेक देसाईले ११ रन र समित पटेलले १० रन जोडे ।

नेपालका लागि गुलसन झा एक्लैले चार विकेट लिए । यसक्रममा उनले चार ओभरमा २२ रन खर्चिएका थिए । करण केसीले तीन विकेट लिँदा सोमपाल कामीले पनि एक विकेट लिए ।

नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेलिरहेकाे हो । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुने छ । नेपाल र गुजरातबाहेक यस प्रतियोगितामा बरोडा पनि रहेको छ । नेपालले हालै आफ्नै मैदानमा आयरल्यान्ड वुल्भ्सविरुद्ध दुई टि-२० को सिरिज खेलेको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो । भारतबाटै नेपाल ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जाँदै छ ।

Skip This
Skip This
Logo