विश्वकप क्रिकेट : बंगलादेशद्वारा वेष्ट इन्डिज सात विकेटले पराजित

विश्वकप क्रिकेट : बंगलादेशद्वारा वेष्ट इन्डिज सात विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले दोस्रो जित हात पारेको छ । सोमबार भएको खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई सात विकेटले हराउँदै जित हात पारेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले ५० ओभरमा ८ विकेट गुमाउँदै ३२१ रन बनाएको थियो । जवाफमा बंगलादेशले ४१ ओभर तीन बलमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । राम्रो सुरुवात गरेको बंगलादेशले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरेको थियो ।

आज इंग्ल्याण्ड र अफगानिस्तानवीच खेल हुने तालिका छ ।

Logo