आयरल्याण्ड ‘ए’विरुद्ध नेपाललाई दोस्रो सफलता

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाललाई दोस्रो सफलता

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । आयरल्यान्ड ‘ए’विरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । दोस्रो विकेटका रुपमा नेपालले पिटर मोरको विकेट लिएको हो । नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ‘ए’विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको हो। त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड ‘ए’ अहिले १५ ओभर खेल्दै १०२ रन बनाएर ब्याटिङ गरिरहेको छ ।

नेपालले आज रुपेशसिंह, विकाश आग्री, रञ्जित कुमार र अर्जुन कुमाललाई खेलाएको छ । पछिल्लो खेलबाट आरिफ शेख, बसिर अहमद, मौसम ढकाल र कमलसिंह ऐरी बेन्चमा छन् । नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो ।

नेपालको प्लेइङ ११ः विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, शाहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल र विकास आग्री ।

Skip This
Skip This
Logo