भलिबल अवार्ड ईम रानामगर र प्रतिभा मालीलाई प्रदान

भलिबल अवार्ड ईम रानामगर र प्रतिभा मालीलाई प्रदान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय भलिबल टिमका कप्तान ईम रानामगर र महिला राष्ट्रिय टोलीकी स्पाईकर प्रतिभा मालीले मनोरन्जन रमण शर्मा अवार्ड प्राप्त गरेका छन् ।

नेपाल भलिबल संघका अध्यक्षसमेत रहेका मनोरन्जन रमण शर्माले स्थापना गरेको अवार्ड कार्यक्रममा नेपाल भलिबल संघले पुरुषतर्फ ईम र महिलातर्फ प्रतिभालाई प्रदान गरेको हो । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा गरेको प्रदर्शन नेपाली भलिबललाई गरेको योगदानको आधारमा पुरुष टोलीका कप्तान ईम र महिला टोलीकी स्पाईक प्रतिभालाई सम्मान गरिएको हो । इम नेपाल पुलिस क्लबका कप्तानसमेत हुन् भने प्रतिभा न्यु डाईमण्ड एकेडेमीको प्रतिनिधित्व गरिरहेकी छिन्।

अवार्डबाट सम्मानित ईम र प्रतिभाले जनही ३५ हजार रुपैंयाँ हात पारे । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले अवार्ड प्रदान गरे । सम्मानित भएपछि दुवै जनाले आउँदै गरेका पींढीका लागि यस्तो अवार्डले खेल्ने प्रेरणा मिल्ने बताए । भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिएपछि संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले १० लाखको अक्षय कोष स्थापना गरेका थिए । सोही कोषबाट आएको ब्याज रकमलाई शर्माले अवार्डको नाममा एक पुरुष र एक महिला खेलाडीलाई प्रदान गर्दै आईरहेका छन् ।

Logo