एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा

एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ।

ओमानमा हुने एसिसी प्रिमियर कपको लागि नेपालको १४ सदस्य टोली घोषणा भएको छ।

१२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुने खेलका लागि नेपालको नेतृत्व कप्तान रोहित पौडेलले गर्नेछन्।

नेपाली टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहरारहेका छन्।

प्रिमियर कपको समूह ‘ए’ मा नेपालसहित मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् भने समूह ‘बी’ मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन्।

Skip This
Skip This
Logo