एसीसी प्रिमियर कपः नेपालले आज पहिलो खेल मलेसियासँग खेल्दै

एसीसी प्रिमियर कपः नेपालले आज पहिलो खेल मलेसियासँग खेल्दै

केन्द्रबिन्दु
98
Shares

काठमाडाैं। एसीसी प्रिमियर कप आजदेखि ओमानमा सुरू हुँदैछ। आजदेखि सुरू हुने एसीसी प्रिमियर कपमा नेपालले पहिलो खेल खेल्दैछ।

पहिलो खेल नेपालले मलेसियासँग खेल्नेछ। खेल नेपाली समययानुसार दिउँसो सवा ४ बजे सुरू हुनेछ। टी–२० विश्वकपको तयारीका लागि नियमित अभ्यास गरिरहेको नेपाल एसीसी प्रिमियर कपको सशक्त दाबेदार हो।

साविक विजेता टोली नेपालीलाई उपाधि रक्षा गर्दै टी–२० आई एसिया कपमा स्थान बनाउनु पर्ने चुनौती छ। अघिल्लो वर्ष घरेलु मैदानमै भएको एसीसी प्रिमियर कप जितेर पहिलोपटक एसिया कप खेलेको नेपालले भारत र पाकिस्तानजस्ता बलिया टोलीविरुद्ध प्रभावशाली प्रदर्शन गरेको थियो।

नेपालले वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बाँडिएको छ। नेपाल सम्मिलित समूह ‘ए’ मा हङकङ, मलेसिया, कतार र साउदी अरब छन् ।

Logo