आईपीएलमा मुम्बईको दोस्रो जित

आईपीएलमा मुम्बईको दोस्रो जित

केन्द्रबिन्दु
56
Shares

काठमाडाैँ। इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) लाई ७ विकेटले हराएको छ। आरसिबिले दिएको १ सय ९७ रनको लक्ष्य मुम्बईले १५ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेटाएकाे हाे।

मुम्बईका लागि ओपनर इशन किशनले सर्वाधिक ६९ रन बनाए। यस्तै सूर्यकुमार यादवले ५२ रन बनाए। आरसिबिका लागि आकाश दिप, विजयकुमार विशाक र विल ज्याक्सले समान १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो। आरसिबिका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ६१ रन बनाए। दिनेश कार्तिकले ५३ र रजत पतिडरले ५१ रन बनाए।

मुम्बईका जसप्रित बुम्राह एक्लैले ५ विकेट लिएका थिए । जित पछि मुम्बई ५ खेलमा ४ अङ्क सहित सातौँ स्थानमा छ। आरसिबि ६ खेलमा २ अङ्क सहित नवौँ स्थानमा छ। आईपीएलमा आज लखनऊ सुपर जाएन्ट्स र दिल्ली क्यापिटल्स खेल्दैछन्।

Logo