दीपेन्द्रको बिष्फोटक ब्याटिङ, लगातार ६ बलमा ६ छक्का हिर्काउँदै कतारलाई २११ रनको लक्ष्य

दीपेन्द्रको बिष्फोटक ब्याटिङ, लगातार ६ बलमा ६ छक्का हिर्काउँदै कतारलाई २११ रनको लक्ष्य

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले कतारलाई २ सय ११ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ् रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १० रन जोडेको हो। नेपालका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले बिष्फोटक ब्याटिङ् गरे। उनले अन्तिम ओभरको सबै बलमा छक्का हिर्काउँदै नेपालका लागि नयाँ रेकर्ड कायम गरे। उनी एउटै ओभरमा ६ छक्का हिर्काउने पहिलो नेपाली हुन्। याेसँगै उनले भारतका युवराज सिंहका नाममा रहेको कीर्तिमानको बराबरी गरेका छन् ।

यस अगाडि पनि उनले लगातार ६ छक्का हिर्काएका थिए तर एउटै ओभरमा नभएर फरकफरक ओभरमा। उनले कतारविरूद्ध २१ बलमा ७ छक्का र ३ चौकाको मद्दतमा अविजित ६४ रन जोडे।

त्यस्तै, ओपनर आशिफ शेखलेपनि अर्धशतक बनाए। उनले ४१ बलमा ६ चौका प्रहार गर्दै ५२ रन जोडे।

अर्का औपनर कुशल भुर्तेलभने ११ बलमा १२ रन जोड्दै पभेलियन फर्के। कप्तान रोहित पौडेल १७ बलमा १८ रन जोडेर आउटहुँदा कुशल मल्लले १८ बलमा ३५ रन जोडे।

सन्दीप जोरा ६ बलमा ७ रन जोड्दै क्याच आउट हुन पुगे। अलराउन्डर बिवेक यादवले ४ बलमा ५ रन जोड्दै एलबीडब्लू हुन पुगे।

कतारका लागि हिमांशु राठोर र मुसावर शाहले तीन/तीन विकेट लिए भने अमीर फारुकले एक विकेट लिए ।

Logo