काठमाडौं,
आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार हुनु पर्ने श्रीलंका र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
प्रतियोगितास्थलमा अत्याधिक वर्षा भएपछि टससमेत हुन सकेन । जसका कारण दुवै टिमले एक एक अंक लिन बाध्य भए । तीन खेलमध्ये दुवै टिमले अहिलेसम्म तालिकमा तीन तीन अंक पुर्याएका छन् ।
वेस्ट इण्डिजसँग पराजित भएको पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डलाई पराजित गरेको थियो । यस्तै श्रीलंकाले पहिलो खेलमा न्यूजिल्याण्डसँग लज्जास्पद हार व्यहोरे पनि अफगानिस्तानमाथि जित निकालेको थियो ।
प्रतियोगिता अन्तर्गत शनिबार (आज) पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध बंगलादेश र न्यूजिल्याण्डविरुद्ध अफगानिस्तान दोस्रो खेलमा भिड्ने छन् ।































प्रतिक्रिया