आइपीएलमा मुम्बईको जित

आइपीएलमा मुम्बईको जित

केन्द्रबिन्दु
42
Shares

काठमाडाैं। आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपीएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ।

पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन। मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण रह्यो।

जितको लागि १ सय ९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा सबै गुमाउँदै १ सय ८३ रनमा समेटियो। पञ्जाबले बिर्सनलायक सुरूवात गर्यो। मात्र १४ रन जोड्दा उसले पहिलो क्रमका ४ महत्वपूर्ण खेलाडी गुमाइसकेको थियो। प्रभसिमरन सिंह विना कुनै रन आउट भए। उनी आउट भएपछि राइली रूसो र १ रनमा, साम कुरान ६ रनमा र लायम लिभिङस्टोन पनि मात्र १ रनमा आउट भए।

यतिखेर पञ्जावले १३ रन बटुल्दा ४ विकेट गुमाइसकेको थियो। पहिलो चार विकेट जसप्रित बुमराह र जेराल्ड कोएट्जेले चट्काए। उनीहरूले समान २ विकेट लिएपछि पञ्जाब संकटमा पर्यो। लगतै हरप्रित सिंह पनि १३ रनमा श्रेयस गोपालद्वारा कट एण्ड बोल्ड भए। सशांक सिंह पनि ४१ रनमा आउट भए। यतिखेर १ सय ११ रनको स्थितिमा पञ्जाबले ७ विकेट गुमाइसकेको थियो।

तर यो कठिन स्थितिमा आठौं क्रमका आशुतोष शर्माले अपत्यारिलो प्रदर्शन गरे। उनी क्रिजमा जमे र आक्रमक ब्याटिङका साथ पञ्जाबलाई जिततर्फ डोरयाउन भरपुर कोशिस गरे। तर उनी १८औं ओभरको पहिलो बलमा आउट भए। जेराल्ड कोएट्जेले महत्वपूर्ण विकेट लिए।

आशुतोषले हरप्रित ब्रारसँग आठौं विकेटको लागि ५७ रनको साझेदारी गरे। यो क्रममा अर्धशतक पनि बनाए । २८ बल खेल्दै ७ छक्क र २ चौका सहित ६१ रनको योगदान दिए । तर यो योगदान जितको लागि प्रयाप्त भएन । हरप्रित ब्रार, जितेश शर्मा ९ रनमा र हर्षल पटेल १ रनमा आउट भएसँगै पञ्जाबले ९ रनको हार बेहोर्यो।

बलिङमा जसप्रित बुमराह र जेराल्ड कोएट्जेले समान ३ विकेट लिए। जसप्रितले ४ ओभरमा २१ रन मात्र खर्चिए भने जेराल्डले ३२ रन दिए। त्यसअघि टस जितेर पञ्जाबले पहिले फिल्डिङ रोज्यो। ब्याटिङमा उत्रिएको मुम्बई इण्डियन्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९२ रन बनायो।

ओपनर इशान किसन मात्र ८ रनमा कागिसो रबडाको बलमा हरपित ब्रारद्वार क्याच आउट भए। पहिलो विकेट सुरूवातमै गुमाउँदा मुम्बईले १८ रन मात्र बनाएको थियो । तर दोस्रो विकेटको लागि रोहित शर्मा र सूर्य कुमार यादवले ८१ रनको साझेदारी गरे। रोहित ३६ रनमा आउट भए ।

सूर्य कुमारले अर्धशतकीय पारी खेले। ५३ बल खेल्दै ७ चौका र ३ छक्का सहित ७८ रनको पारी खेले। त्यसपछि तिलक बर्मा अविजित ३४ रनमा क्रिजमा रहे। कप्तान हार्दिक पाण्डयाले १० र टिम डेबिटले १४ रन जोडे। बलिङमा हर्षल पटेलले ४ ओभर बलिङ गर्दै सर्वाधिक ३ विकेट लिए। यस्तै साम कुरानले २ र कागिशो रबाडाले १ विकेट आफ्नो नाममा लेखाए।

मुम्बईको यो तेस्रो जित हो र ६ अंक सहित सातौं स्थानमा छ। पछिल्लो ३ खेलमा लगातार हार बेहोरेको पञ्जाब ४ अंक सहित नवौं स्थानमा छ। आइपिएलमा शुक्रबार लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।

Logo