अर्धशतक जोड्दै आउट भए सन्दीप

अर्धशतक जोड्दै आउट भए सन्दीप

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईविरुद्ध खेलिरहेको नेपालले छैटौँ विकेट गुमाएको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले पाँचौ विकेटकोरूपमा सन्दीप जोरालाई गुमाएको हो। उनी ४०‍‍ बलमा ५० रन जोड्दै क्याच आउट हुन पुगे

नेपालले यस अगाडि ओपनर कुशल भुर्तेललाई पहिलो ओभरको पहिलो बलमै गुमाउँदा अर्का ओपनर आशिफ शेख ११ बलमा ८ रन जोड्दै एलबीडब्लूको शिकार हुन पुगे।

यस्तै, तेश्रो विकेटका लागि कप्तान रोहित पौडेले ५ रन जोड्दै क्याच आउट भए। चौथो विकेटका लागि कुशल मल्लले ५ बलमा ३ रनको योगदान गरे।

पाँचौ विकेटका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरीको ब्याटपनि चलेन। उनी ८ बलमा ५ रन जोड्दै एलबीडब्लूका शिकार भए।

ताजा अवस्थामा नेपाल ६ विकेट गुमाउँदै १४.४ ओभरमा ८० रनमा खेलिरहेको छ।

Skip This
Skip This
Logo