सोमपालले लिए युएईको पहिलो विकेट, कप्तान वसीम भए बोल्ड

सोमपालले लिए युएईको पहिलो विकेट, कप्तान वसीम भए बोल्ड

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालसँग खेलिरहेको युएईले पहिलो विकेट गुमाएको छ।

१ सय २० रनको लक्ष्य पछ्याइरहेको युएईका कप्तान मुहम्मद वसीम विकेट नेपालका लागि सोमपाल कामीले लिएका हुन्। उनी ११ रनमा खेलिरहेका थिए।

युएई ताजा अवस्थामा १ विकेट गुमाउँदै १.३ ओभरमा १२ रनमा रहेको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले कमजोर सुरूवात गरेको थियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १९ रन मात्रै जोडेको थियो।

Logo