लखनउसँग चेन्नई ६ विकेटले पराजित

लखनउसँग चेन्नई ६ विकेटले पराजित

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । मार्कस स्टोइनिसले अविजित १२४ रनको शतकीय योगदान दिँदा इण्डियन प्रिमियर लिग (आइपीएल)मा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

चेन्नईमा भएको खेलमा स्टोइनिसको आक्रामक ब्याटिङका कारण घरेलु टिमले दिएको २११ रनको लक्ष्य लखनउले १९ ओभर तीन बलमा चार विकेट गुमाउँदै पूरा ग¥यो । उनले ६३ बलमा १३ चौका र ६ छक्का प्रहार गरेका थिए ।

ओपनर क्वीन्टन डि ककलाई पहिलो ओभरमै गुमाएको लखनउका लागि निकोलस पुरनले ३४, दिपक हुडाले १७, केएल राहुलले १६ तथा देवदत्त पड्डिकलले १३ रन जोडे । बलिङतर्फ मथिसा पाथिरानाले दुई विकेट लिँदा दिपक चहर र मुस्ताफिजुर रहमानले एक एक विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा चार विकेट गुमाउँदै २१० रन बनाएको थियो । उसका लागि कप्तान रुतुराज गायकवार्डले अविजित १०८ रनको शतकीय योगदान दिए । ६० बलको सामना गरेका गायकवार्डले १२ चौका र तीन छक्का प्रहार गरेका थिए । यस्तै शिवम् दुबेले पनि २७ बलमा सात छक्का र तीन चौकाको मद्धतमा ६६ रन बनाएका थिए । जितसँगै लखनउ आठ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने समान खेलबाट आठ अंक जोडेको चेन्नई पाँचौं स्थानमा छ ।

Logo