काठमाडौं आइपुग्यो वेस्टइन्डिजको क्रिकेट टोली

काठमाडौं आइपुग्यो वेस्टइन्डिजको क्रिकेट टोली

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपालसँग क्रिकेट खेल्नका लागि वेस्टइन्डिजको क्रिकेट टोली नेपाल आइपुगेको छ।

बुधबार वेस्टइन्डिजको ‘ए’ टोली काठमाडौँ आइपुगेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्टइन्डिजको ‘ए’ टोली नेपालसँग ५ टी–२० शृंखला खेल्ने कार्यतालिका रहेको छ।

जसअनुसार पहिलो खेल शनिबार, दोस्रो खेल आइतबार, तेस्रो खेल बैशाख १६ गते, चौथो खेल २० गते र अन्तिम खेल २२ गते हुने छ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो।

Logo