विश्वकप क्रिकेट : बंगलादेशद्वारा दक्षिण अफ्रिका २१ रनले पराजित

विश्वकप क्रिकेट : बंगलादेशद्वारा दक्षिण अफ्रिका २१ रनले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आईसीसी विश्वकपमा बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको छ । आइतबार भएको खेलमा अफ्रिकासामु ३३१ रनको लक्ष्य प्रस्तुत गरेको बंगलादेशको यो विजयी शुरुवात हो ।

प्रतियोगितामा कमजोर मानिएको बंगलादेशले टस हारेर पहिला ब्याटिङको निम्तो पाएपछि सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्‍यो । बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३० रन बनाएको थियो । दक्षिण अफ्रिकाको भने यो दोस्रो हार हो । पहिलो खेलमा इङ्ल्याण्डसँग पनि पराजित भएको थियो ।

Logo