एभर्टन सामु लिभरपुल निरिह, उपाधि यात्रामा धक्का

एभर्टन सामु लिभरपुल निरिह, उपाधि यात्रामा धक्का

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको छ ।

एभर्टनको मैदानमा गएराती भएको खेलमा घरेलु टिमले लिभरपुललाई २–० ले हरायो । यो हारका कारण लिभरपुलको उपाधि यात्रामा धक्का लागेको छ । उसले शीर्ष स्थानको आर्सनलसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । यद्यपी ३४ खेलमा ७४ अंक भएको लिभरपुल तालिकाको दोस्रो स्थानमा यथावत छ । प्रिमियर लिग तालिकामा आर्सनल ७७ अंकसहित शीर्ष स्थानमा छ भने दुई खेल कम खेलेको म्यान्चेष्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ ।

करिब ७७ प्रतिशत बल पोसेसन बनाएको लिभरपुलले गोल भने गर्न सकेन । खेलको २७औं मिनेटमा जेरार्ड ब्रान्थह्वाइटले गोल गर्दै एभर्टनलाई आग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको एभर्टनले ५८औं मिनेटमा डोमिनिक कल्भर्ट लेविनको गोलमार्फत अग्रता लम्ब्याएको थियो । लिभरपुलले खेलभरी सातवटा सट पोस्टमा प्रहार गरेपनि एभर्टनका गोलकिपरको प्रदर्शन उत्कृट रह्यो । प्रिमियर लिगमा आज म्यान्चेष्टर सिटी र ब्राइटनसँग प्रतिष्पर्धा गर्दैछ ।

Logo