ओलम्पिकमा प्यालेस्टिनी खेलाडीहरूलाई पनि आमन्त्रित गरिने

ओलम्पिकमा प्यालेस्टिनी खेलाडीहरूलाई पनि आमन्त्रित गरिने

केन्द्रबिन्दु
0
Shares

लुजान (स्विट्जरल्यान्ड) । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) का प्रमुख थोमस बाखले छदेखि आठ प्यालेस्टिनी खेलाडीले पेरिस ओलम्पिकमा भाग लिने अपेक्षा गरिएको बताएका छन् । उनका अनुसार खेलका लागि छनोट हुन अयोग्य भए पनि केहीलाई आइओसीले आमन्त्रण गर्नेछ ।

बाखले शुक्रबार एएफपीलाई जुलाई २६ देखि सुरु हुने पेरिस ओलम्पिक खेलका लागि धेरै खेलका छनोट कार्यक्रम जारी रहेको बताए । “तर कुनै पनि प्यालेस्टिनी खेलाडी खेल मैदानमा छनोट भएन भने पनि योग्य खेलाडी नभएका अन्य राष्ट्रिय ओलम्कि समिति जस्तै प्यालेस्टिनको ओलम्पिक समितिले आइओसीको निमन्त्रणाबाट लाभ उठाउनेछ”, स्विट्जरल्यान्डको लुजानस्थित आइओसीको मुख्यालयमा एक अन्तरवार्तामा उनले भने ।

उनले प्यालेस्टिनी प्रतिनिधिमण्डलको सङ्ख्या ‘छदेखि आठ’ हुने अपेक्षा गरिएको बताए । बाखले गाजामा ‘युद्धको पहिलो दिनदेखि’ नै आइओसीले ‘खेलाडीहरूको योग्यतामा भाग लिने र आफ्नो प्रशिक्षण जारी राख्ने अनुमति दिनका लागि विभिन्न तरिकामा समर्थन गरेको’ जानकारी दिए ।

इजराइल र गाजामा युद्धको तुलनामा युक्रेनमाथिको आक्रमणलाई लिएर आइओसीले रुसलाई फरक व्यवहार गरेको भन्ने भनाइलाई बाखले अस्वीकार गरे । युक्रेनमा आक्रमण गरेपछि रुसलाई धेरै अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरिएको थियो र उसका खेलाडीहरूलाई पेरिस २०२४ ओलम्पिकमा राष्ट्रिय झन्डामुनि रहेर प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको थियो ।

पेरिस ओलम्पिकमा भाग लिनका लागि रुसले युक्रेनविरुद्धको युद्धलाई सार्वजनिकरूपमा समर्थन नगरेको र सेना वा सुरक्षा सेवाहरूले काम नगरेको हुन आवश्यक छ । सन् २०२२ मा बेइजिङमा आयोजित शीतकालीन ओलम्पिक लगत्तै युक्रेनमा आफ्नो आक्रमणमा मस्कोले ‘ओलम्पिक युद्धविरामको’ उल्लङ्घन गरेको र युक्रेनी खेल सङ्गठनहरूलाई कब्जा गरेका कारण रुसमाथि प्रतिबन्ध लगाइएको थियो ।

“इजराइल र प्यालेस्टिनबीचको अवस्था पूरै भिन्न छ”, बाखले भने । इजराइलमा हमासको आक्रमण र गाजामा युद्धको ‘भयानक परिणामहरू’ प्रति युक्रेनको सार्वजनिक भनाइमा एकअर्काप्रति समान रहेको बाखले बताए ।

“पहिलो दिनदेखि हामीले अक्टोबर ७ र फेरि युद्ध तथा त्यसको परिणामका बारेमा हामी कति भयभीत थियौँ भनेर भनेका थियौँ”, उनले भने, “हामीले युक्रेनमा रुसी आक्रमणलाई लिएर सधैं स्पष्ट छौँ ।” -एएफपी

Logo