वेस्ट इन्डिज ७ विकेटले विजयी, पाकिस्तान निरिह

वेस्ट इन्डिज ७ विकेटले विजयी, पाकिस्तान निरिह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । वेस्ट इन्डिजले १२ औँ एकदिवसीय विश्वकप क्रिकेटमा शानदार सुरुवात गरेको छ। च्याम्पियन्स ट्रफि विजेता पाकिस्तानलाई सात विकेटले पराजित गर्दै वेस्ट इन्डिजले शानदार सुरुवात गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २१ ओभर चार बलमा सबै विकेट गुमाएर एक सय ५ रन बनायो । वेस्ट इन्डिजका ओसेन थोमसले चार र जेसन होल्डरले तीन विकेट लिए। आन्द्रे रस्सेलले दुई विकेट लिए ।

पाकिस्तानका फखर जमान र बाबर आजमले सर्वाधिक २२/२२ रन जोडे। इमाम उल हकले २, ह्यारिस सोहेलले ८, सरफराज अहमदले ८ र मोहम्मद हाफिजले १६ रन जोडे। ३५ रनमा एक विकेट भएको पाकिस्तान त्यसपछि सम्हालिन सकेन।

लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले १३ ओभर चार बलमा तीन विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । वेस्ट इन्डिजका क्रिस गेलले ५० रन बनाए ।

Skip This
Skip This
Logo