वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाल संकटमा, लोकेशपछि कुशल पनि आउट

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाल संकटमा, लोकेशपछि कुशल पनि आउट

केन्द्रबिन्दु
42
Shares

टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले कमजोर प्रदर्शन गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले जितका लागि दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपालले लगातार विकेट गुमाएको हो । ओपनर लोकेश बम आउट भएको केहीबेर मै कुशल मल्ल पनि आउट भएका हुन् । लोकेशले खराब इनिङ खेले । उनले २ड बलमा २८ रन मात्रै जोडे । यो टी–ट्वान्टीमा महंगो इनिङ हो । साथै कुशल मल्ल ११ बलमा २० रन जोडेर आउट भए ।

यसअघि आरिफ शेख, ओपनर विनोद भण्डारी र अनिल साह आउट भइसकेका छन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय २८ रनको योगफल बनायो । वेस्ट इन्डिज ‘ए’का लागि जोनसन चाल्र्सले शतकीय पारी खेले । उनले ६१ बलमा १३ चौका र सात छक्काको मद्दतमा एक सय १९ रन बनाए । यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । उनले ३३ बल खेल्ने क्रममा चार चौका र र तीन छक्का हाने । यस्तै फबिएन एलेनले १९, एलिक एथानाजेले १७ तथा किमो पलले अविजित १३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि करण केसी र सागर ढकालले एक एक विकेट लिए ।

Logo