टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा, काे-काे परे ?

टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा, काे-काे परे ?

केन्द्रबिन्दु
12
Shares

आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा भएकाे छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हाे । टोलीमा स्पिनर सागर ढकाल र तिब्र गतिका बलर कमल सिंह ऐरी पनि समेटिएका छन् । सन्दीप लामिछानेको अनुपस्थितिमा युवा स्पिनर ढकाललाई मौका मिलेको हाे ।

विश्वकपमा नेपाल रहेकाे समूह ‘डी’ मा दक्षिण अफ्रिकासहित बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स छन्।

नेपालको टोली-

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, सागर ढकाल र कमलसिंह ऐरी र अनिलकुमार शाह ।

Skip This
Skip This
Logo