दोस्रो बलमै आशिफ आउट, कप्तान पौडेल क्रिजमा

दोस्रो बलमै आशिफ आउट, कप्तान पौडेल क्रिजमा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरूद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ।

नेपालका ओपनर आशिफ शेख आउट भएका छन्। उनी इनिङको दोस्रो बलमा आउट हुन पुगे।

अहिले अर्का ओपनर कुशल भुर्तेललाई साथदिन कप्तान रोहित पौडेलल क्रिजमा आएका छन्।

क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्दै नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ।

शनिबार भएको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ माथि नेपालले ४ विकेटले जित निकाल्दा दोस्रो र तेस्रो खेलमा भने वेस्ट इन्डिज ‘ए’ले जित निकालेको थियो।

Skip This
Skip This
Logo