१ रन जोड्दै बोल्ड भए भुर्तेल

१ रन जोड्दै बोल्ड भए भुर्तेल

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरूद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ।

नेपालले कुशल भुर्तेललाई गुमाएको हो। उनी ५ बलमा १ रन जोड्दै क्लिन बोल्ड हुन पुगे।

नेपालले यसअगाडि ओपनर आशिफ शेखलाई इनिङको दोस्रो बलमै गुमाएको थियो।

नेपाल ताजा अवस्थामा २ विकेट गुमाउँदै ४.१ ओभरमा २७ रनमा खेलिरहेको छ।

क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्दै नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ।

शनिबार भएको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ माथि नेपालले ४ विकेटले जित निकाल्दा दोस्रो र तेस्रो खेलमा भने वेस्ट इन्डिज ‘ए’ले जित निकालेको थियो।

Logo