३ विकेट गुमाएर पावर प्लेमा नेपालले जोड्यो ४५ रन

३ विकेट गुमाएर पावर प्लेमा नेपालले जोड्यो ४५ रन

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरूद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पवार प्लेमा ४५ रन जोडेको छ।

३ विकेट गुमाएर नेपालले पवार प्लेमा ४५ रन जोडेको हो।

नेपालले ओपनर आशिफ शेखलाई इनिङको दोस्रो बलमै गुमाउँदा अर्का ओपनर कुशल भुर्तेलले १ रन बनाउँदै क्लिन बोल्ड हुन पुगे।

तेस्रो विकेटका लागि कुशल मल्ल ४ रनमा क्याच आउट हुन पुगे।

क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्दै नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ।

Logo