भारतीय क्रिकेटले गर्ला त विश्वकपमा कमाल ? (भिडियो रिपोर्ट)

भारतीय क्रिकेटले गर्ला त विश्वकपमा कमाल ? (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

विश्वकप क्रिकेटको १२ औं संस्करण शुरु हुनै लाग्दा कुन टोली कति बलियो भन्ने आंकलन शुरु भएको छ । अन्तर्राष्ट्रिय क्रिेकटमा सबैभन्दा सफल राष्ट्र अष्ट्रेलिया हो भने दोस्रोमा कुन राष्ट्र हो भन्ने प्रष्ट जवाफ कसैसँग छैन ।

सधैं एउटै लयमा रहने दक्षिण अफ्रिकालाई दोस्रो बलियो एकदिवशीय टोली मान्ने हो भने उसले अहिलेसम्म विश्वकप जित्न सकेको छैन । विश्वकपमा पाएको सफलता र क्रिकेटरहरुको स्टारडम हेर्दा भारतलाइ दोस्रो बलियो राष्ट्र मान्न सकिन्छ ।

भारतले सन् १९८३ र २०११ मा गरि दुई पटक विश्वकप क्रिकेटको उपाधी जितेको छ । पहिलो पटक विश्वकप उपाधी दिलाएका भारतका कप्तान कपिल देवको चर्चा अहिलेपनि उत्तिकै छ । उनको चर्चा तेस्रो पुस्ता सम्म आइपुग्दा पनि कम भएको छैन । यसबाट भारतीय क्रिकेटरप्रति विश्वकै चासो कति छ भन्ने कुरा प्रष्ट हुन्छ ।

विश्वकप दिलाएका टोलीका सबै सदस्यले अझै पनि भारतमा सुपरस्टार छवि नै बनाईराखेका छन् । यो टोलीमा सुनिल गाभष्कर, मोहिन्दर अमरनाथ, मदन लालजस्ता हस्ति थिए । वेष्ट इण्डिजलाई ४३ रनले पराजित गर्दै भारतले पहिलो पटक विश्वकपको उपाधी उठाएको थियो ।

सन् २०११ मा दोस्रो पटक विश्वकप जित्दा टोलीका नायक थिए, महेन्द्र सिंह धोनी । तर टोलीमा धोनी भन्दा पनि ठूला स्टार थिए, सचिन तेण्डुलकर । कूल ६ वटा विश्वकप खेलेका तेण्डुलकरले त्यसअघिका पाँच विश्वकपमा उपाधी भारतलाई दिलाउन सकेका थिएनन् । तर, टोलीका कप्तानका रुपमा रहेका धोनीले तेण्डुलकर सम्मिलित टिमलाई विश्वकप दिलाउदै भारतका महान् ब्याट्सम्यानको विदाइ सुखद् रुपमा गरिदिएका थिए ।

Skip This
Skip This
Logo