सन्दीपको मुद्दामा आजपनि सुनुवाइ हुँदै

सन्दीपको मुद्दामा आजपनि सुनुवाइ हुँदै

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजपनि सुनुवाइ हुँदैछ।

मंगलबार उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले बहस नसकिएको भन्दै हेर्दाहेर्दैमा राखिएको मुद्दामा आजपनि सुनुवाइ जारी रहने भएको हो।

काठमाडौं जिल्ला अदालतले लामिछानेले गौशाला २६ लाई जबर्जस्ती करणी गरेको ठहर भन्दै उनीविरुद्ध आठ वर्ष कैद र तीन लाख जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो।

सोहीआदेश विरूद्ध लामिछाने पुनरावेदन गएका थिए।

Logo