एनएसकेए अन्तर्राष्ट्रिय कराँते शनिवारदेखि

एनएसकेए अन्तर्राष्ट्रिय कराँते शनिवारदेखि

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाल सोतोकान कराते संघको आयोजनामा १५ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटान गरी ६ राष्ट्रको सहभागिता रहने आयोजक संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

प्रतियोगितामा ४० स्वर्ण, ४० रजत र ८४ कांस्यका लागि प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष विष्णुबहादुर कार्कीले जानकारी दिए। दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ।

उक्त प्रतियोगिताअघि राखेप कभर्डहलमै बिहीबार र शुक्रबार प्रथम बागमती प्रदेश खुला कराते प्रतियोगिता हुनेछ। महासचिव शेर्पाका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ३२ लाख रुपैयाँ खर्च हुनेछ।

Logo