बटलर बने टी-२० मा तीन हजार रन हान्ने पहिलो इङ्ग्लिस खेलाडी

बटलर बने टी-२० मा तीन हजार रन हान्ने पहिलो इङ्ग्लिस खेलाडी

केन्द्रबिन्दु
84
Shares

बर्मिङ्घम (बेलायत) । इङ्ग्ल्यान्डका कप्तान जोस बटलर शनिबार आफ्नो देशबाट टी–२० मा तीन हजार रन पूरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् ।

उक्त कीर्तिमान बटलरले वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–२० खेलमा बनाएका हुन् । त्यस खेलमा उनले १६४.७ स्ट्राइक रेटका साथ ५१ बलमा ८ चौका र तीन छक्का प्रहार गर्दै ८४ रन बनाए ।

एक सय १५ टी–२० मा उनले ३५.४२ को औसत र १४५.१० को स्ट्राइक रेटका साथ खल्दै तीन हजार ११ रन बनाए । उनले १०१ को उत्कृष्ट स्कोरका साथ एक शतक र २४ अर्धशतक बनाएका छन् । उनी टी–२० मा क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने नवौं खेलाडी हुन् ।

इङ्ग्लिस रन स्कोरिङ तालिकामा उनीपछि पूर्वकप्तान इयोन मोर्गन छन् । उनले ११५ खेल र १०७ इनिङ्समा २८.५८ को औसत र १३६ भन्दा बढीको स्ट्राइक रेटका साथ ९१ रनको उच्च स्कोरसहित १४ अर्धशतकको मद्दतमा दुई हजार ४५८ रन बनाएका छन् ।

टी–२० मा क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी भारतका स्टार ब्याट्सम्यान विराट कोहली छन् । उनले ११७ खेलमा ५१.७५ को औसत र १३८.१५ को स्ट्राइक रेटमा एक शतक र ३७ अर्धशतक सहित चार हजार ३७ रन बनाएका छन् । कोहलीको उत्कृष्ट स्कोर १२२ रहेको छ ।

खेलमा इङ्ग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । कप्तान बटलर (५१ बलमा ८ चौका र तीन छक्कासहित ८४), विल ज्याक्स (२३ बलमा चार चौका र दुई छक्कासहित ३७) र जोनी बेयरस्टोले (१८ बलमा २१ रन, एक चौका र दुई छक्कासहित) हानेका थिए । उक्त खेलमा इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

Logo