वडाध्यक्ष कप फुटबलमा फ्रिडम ब्रदर्शलाई उपाधि

वडाध्यक्ष कप फुटबलमा फ्रिडम ब्रदर्शलाई उपाधि

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । फ्रिडम ब्रदर्श युनाइटेड ‘ए’ ले तेश्रो वडाध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ।

चावहिल खेल मैदानमा भएको फाइनलमा फ्रिडम ‘ए’ ले चावहिल स्पोर्ट्स क्लब ‘बी’ लाई १–० को झिनो गोलअन्तरले पराजित गर्यो।

विश्वलाल श्रेष्ठले निर्णायक गोल गरे। उपाधिसंगै फ्रिडम ‘ए’ ले १ लाख नगद पुरस्कार पायो। उपविजेता चावहिल ‘बी’ ले ५० हजार नगद पुरस्कार हात पार्यो।

काठमाडौं महानगरपालिका–७ द्वारा आयोजित प्रतियोगितामा चावहिल ‘बी’ का दीपक लामा प्रतियोगिताकै सर्वोत्कृट खेलाडी घोषित भए। चावहिल ‘बी’ का पञ्चनारायण महर्जन उत्कृष्ट गोलरक्षक, फ्रिडम ‘ए’ का राजकुमार घिसिङ उत्कृष्ट स्ट्राइकर र फ्रिडम ‘ए’ कै विश्वलाल श्रेष्ठ उत्कृष्ट डिफेन्डर चुनिए। उत्कृष्ट चारैले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे।

विजेतालाई आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। जेठ १० गतेदेखि सुरु भएको प्रतियोगितामा २० पुरुष टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक अजब श्रेष्ठले जनाएका छन्।

Skip This
Skip This
Logo