कप्तान रोहित भन्छन्: टेस्ट राष्ट्रलाई हराएर हामीपनि सक्षम छौँ भन्ने सन्देश दिन चाहन्छौँ

कप्तान रोहित भन्छन्: टेस्ट राष्ट्रलाई हराएर हामीपनि सक्षम छौँ भन्ने सन्देश दिन चाहन्छौँ

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपालपनि सक्षम छ भन्ने सन्देश दिने बेला भएको टिप्पणी गरेका छन्।

शनिबार अमेरिकामा अभ्यासका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रोहितले विश्वकपमा टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपालपनि सबै किसिमबाट सक्षम टिम हो भन्ने सन्देश चाहेको बताए।

उनले करिब २५ दिनेदेखि नेपाली टोलीले वेस्टइण्डिज र अमेरिकामा अभ्यास गरिरहेको भन्दै अब विश्वकपका लागि सबै किसिमले तयार रहेको जनाए।

उनले राम्रो खेलेर समर्थकलाई उपहार दिने बताउदै भने, ‘विश्वकपका लागि एकदमै एक्साइटेड छौँ। २५ दिनदेखि बाहिर नै छौँ। विश्वकप नजिकिँदै गर्दा एक्साइटेड झनै बढिरहेको छ। अभ्यास गरिरहेका छौँ। सबै जना साथमा हुनुहुन्छ। बेस्ट क्रिकेट खेलेर हामी खुशी दिनेछौँ। नेपाललाई अमेरिकामा सपोर्ट छ। राम्रो खेलेर हामी सबैको नजर तान्नेछौँ। टेस्ट मान्यताप्राप्त टिमलाई हराएर हामीपनि सक्षम छौँ भन्ने सन्देश दिनुपर्छ।’

आइतबार देखि सुरू हुने टि-२० विश्वकपमा नेपालले भने आफ्नो पहिलो खेल जुन ४ मा नेदरल्याण्डविरुद्ध खेल्दै छ।

Skip This
Skip This
Logo