नेपाली खेलकुद क्षेत्रको संस्थागत विकासलाई सघाउन कन्फिडेरेसन अफ नेसनल स्पोर्ट्स एशाेसिएशन गठन भएको छ । नेपालको खेलकुद क्षेत्रमा क्रियाशील रहेको नेपाल ओलम्पिक कमिटिमा आवद्ध राष्ट्रिय खेल संघहरुको संस्थागत हकहितका लागि संयुक्त बैठकबाट यस एशोसिएशन गठन गरिएको हो ।
उक्त बैठकले महासंघको अध्यक्षताका लागि नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणालाई मनोनित गरेको छ । साथै अन्य ओलम्पिक कमिटिमा आवद्ध संघका अध्यक्ष तथा प्रतिनिधि पदाधिकारीहरुलाई सदस्यमा मनोनित गरेको जानकारी दिइएको छ ।
यस कन्फिडेरेसनले सम्पूर्ण खेलहरुको संस्थागत विकासलाई सघाउ पुर्याउने र देशको खेलकुद विकासका लागि राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटि र युवा तथा खेलकुद मन्त्रालयमा सहकार्य गर्नेछ । उक्त महासंघको विधान चाँडो भन्दा चाँडो बनाई विधिवत रुपमा सम्बन्धित निकायमा दर्ता गराउन प्रक्रिया अघि बढाईने र महासंघको दैनिक काम कारबाहीका लागि आवश्यक पर्ने आर्थिक व्यवभार सम्पूर्ण खेल संघहरुले संयुक्त रुपमा व्यहोर्नेछ । साथै महासंघको आगामी तीन महिनाभित्र निर्वाचन गराउने योजना रहेको बताइएको छ ।





























प्रतिक्रिया