काठमाडौं । अमेरिकाले जारी टी-२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध बनाएको छ।
समूह ए अन्तरको खेलमा अमेरिकाले पाकिस्तानलाइ सुपर ओभरमा पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो।
सुपर ओभरमा अमेरिकाले दिएको १९ रनको लक्ष्य पछाएको पाकिस्तानले एक विकेट गुमाएर १३ रन बनाएपछि खेल अमेरिकाले ५ रनले जितेको थियो।
यसअघि पाकिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनाएपछि खेलको निर्णय सुपरओभरमा भएको थियो। अमेरिकाले अन्तिम बलमा ५ रन आवश्यक रहेकोमा चौका हानेपछि रन बराबरी गरेको थियो।
अमेरिकाका लागि कप्तान मोनांक पटेलले सर्बाधिक ५० रन बनाएका थिए भने आन्द्रिज गोउसले ३५, एरोन जोन्सले अविजित ३६ रन बनाएका थिए।
यसअघि पकिस्तानले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १५९ रन बनाएको थियो। पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्बाधिक ४४ रन बनाए भने शडाब खानले ४० रन बनाएका थिए। त्यस्तै शाहिन शाह अफ्रिदीले अविजित २३ रन बनाएका थिए।
त्यसैगरी अमेरिकाका बलर नोस्थुस केनिज्गेले ३ तथा सौरभ नेत्रभालकरले २ विकेट लिएका थिए।
यो जितपछि समूह ए मा अमेरिकाले लगातार दुई खेल जितेर ४ अंक हासिल गरेको छ। यसअघि अमेरिकाले क्यानडालाई पराजित गरेको थियो।
अब पाकिस्तानले अर्को खेल आइतबार भारतविरुद्ध खेल्दै छ भने अमेरिकाले भारतविरुद्ध जुन १२ मा खेल्ने छ।































प्रतिक्रिया