भारत-पाकिस्तानको खेल हेर्न गएका मुम्बई क्रिकेटका अध्यक्षको हृदयघातबाट निधन

भारत-पाकिस्तानको खेल हेर्न गएका मुम्बई क्रिकेटका अध्यक्षको हृदयघातबाट निधन

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । मुम्बई क्रिकेट संघका अध्यक्ष अमोल कालेको अमेरिकामा निधन भएको छ। टी-२० विश्वकपअन्तर्गत भारत र पाकिस्तानको खेल हेर्न अमेरिका पुगेका ४७ वर्षीय कालेको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उलेल्ख गरेका छन्।

न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा आइतबार भारत र पाकिस्तानबीच भएको टी–२० विश्वकपको खेल हेर्न उनी एमसीएका अन्य दुई अधिकारीसँग पुगेका थिए।

उनीसँगै एमसीएका सचिव अजिंक्य नायक र एपेक्स काउन्सिलका सदस्य सुरज सामत पनि थिए।

काले अक्टोबर २०२२ मा एमसीएको अध्यक्षमा निर्वाचित भएका थिए। उनले एमसीए अध्यक्षको चुनावमा १९९३ विश्व च्याम्पियन टोलीका सदस्य सन्दीप पाटिललाई हराएका थिए। कालेले मुम्बईका लागि रणजी र अन्य घरेलु प्रतियोगितामा खेल्ने घरेलु खेलाडीको म्याच शुल्क दोब्बर बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

महाराष्ट्र क्रिकेट संघको अध्यक्ष हुनुको अलावा उनी टेनिस-बल फ्रेन्चाइजी क्रिकेट लीग इन्डियन स्ट्रीट प्रिमियर लिगको सह-प्रवर्तक पनि थिए।

Skip This
Skip This
Logo