काठमाडौं । आइसीसी टी २० क्रिकेटमा नेपाल तीन स्थान माथि उक्लिएको छ । यसअघि १४ औं स्थानमा रहेको नेपालले दुई देशलाई पछि पार्दै ११ स्थानमा उक्लेको हो।
आइरल्यान्ड र जिम्बाबेलाई पछि पार्दै नेपाल ११ औं स्थानमा उक्लिएको आइसीसीले जारी गरेको र्याङकिङमा उल्लेख गरिएको छ । आइसीसीले ८० देशलाई सहभागी गराएको छ । वरीयताको पहिलो नम्बरमा पाकिस्तान, दोस्रोमा दक्षिण अफ्रिका र तेस्रोमा इङल्यान्ड रहेका छन्।
अष्ट्रेलिया चौथो, भारत पाँचौ र न्युजिल्याण्ड छैटौ स्थानमा छन्। अफगानिस्तान सातौ, श्रीलंका आठौ, वेस्ट इण्डिज नवौ र बंगलादेश १० औं स्थानमा रहेका छन्।





























प्रतिक्रिया